१ आश्विन २०८३, बिहिबार । September 17, 2026

सेयर बजारमा गिरावट : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे


२२ बैशाख २०८२, सोमबार  

39
Shares

काठमाडौं । साताको दोस्रो दिन पनि नेपालको सेयर बजारमा ओरालो लागेको छ।

नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.२८ प्रतिशतले घट्दै ४४०.२५ विन्दुमा झरेको छ। कारोबार रकममा पनि कमी देखिएको छ। सोमबार ३१९ वटा कम्पनीका १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँभन्दा केही बढी रह्यो। यो अघिल्लो दिन आइतबारको ९ अर्बभन्दा बढीको कारोबारको तुलनामा कम हो।

यद्यपि बजार ओरालो लागे पनि चार कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा पुगेका छन्। नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेघाश्री फार्मास्युटिकल्स, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सेयरमा उच्च वृद्धिदर देखिएको हो। साथै, मकर जितुमाया सूरी हाइड्रोपावरको सेयर मूल्य ९.३० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत अग्रस्थानमा रहेको छ, जसको ७६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। त्यस्तै नगदी ग्रुप पावरको ५५ करोड, सानिमा माइ हाइड्रोपावरको ४८ करोड, युनिभर्सल पावरको ४७ करोड र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

समूहगत उपसूचक हेर्दा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र नन-लाइफ इन्स्योरेन्सबाहेक अन्य १० वटा समूहको उपसूचकमा गिरावट आएको छ। सोमबारको बजारमा ८६ कम्पनीका सेयर मूल्य बढेका छन् भने १५९ वटा कम्पनीको मूल्य घटेको छ। एउटै कम्पनीको सेयर मूल्य स्थिर रहेको देखिन्छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ