२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

१० रात नागढुंगा–नौबिसे सडक बन्द ! वैकल्पिक बाटो रोज्नुस्


२२ बैशाख २०८२, सोमबार  

162
Shares

काठमाडौं । नागढुंगा–नौबिसे सडकअन्तर्गत पिप्लामोड खण्ड आगामी दस दिनका लागि आंशिक रुपमा बन्द गरिने भएको छ।

आज रातिदेखि लागू हुने यो व्यवस्था अनुसार प्रत्येक राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका प्रमुख इन्जिनियर केशवप्रसाद ओझाका अनुसार वैशाख ३१ गतेसम्म सडक सुधारको कामलाई तीव्रता दिने उद्देश्यले यस्तो कदम चालिएको हो।

हाल १ दशमलव ८ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नति भइरहेको छ, जसअन्तर्गत पुरानो कालेपत्रे पूर्ण रूपमा हटाइनेछ। कामको प्रकृतिलाई ध्यानमा राख्दै रातिको समयमा अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। सडक सुधार परियोजनाअन्तर्गत नागढुंगादेखि मुग्लिनसम्मको मार्गलाई तीन खण्डमा विभाजन गरी चरणबद्ध रूपमा निर्माण कार्य अघि बढाइएको छ।

यो मार्ग दैनिक १० हजारभन्दा बढी सवारीसाधनको आवागमन हुने व्यस्त सडक हो, जसका कारण वैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। योजना अनुसार तोकिएको समय सीमामा काम सम्पन्न गर्न सहयोग पुर्‍याउन आम सर्वसाधारण, चालक तथा यात्रुहरूलाई पूर्वसूचना दिइएको जनाइएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१