२२ माघ २०८२, बुधबार । February 5, 2026

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !



काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम फिर्ता गर्न सरकार अघि सरेको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्तालाई राहत दिने गरी कोष स्थापना गरिने बताएका हुन्। ‘साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण अन्तर्गत विशेष कोष खडा गरिनेछ,’ राष्ट्रपति पौडेलले स्पष्ट पारे।

साथै, सरकारले सहकारी क्षेत्रको नियमन र व्यवस्थापन सुदृढ गर्न सहकारी नीतिको पुनरावलोकन गर्ने र नयाँ नीति ल्याउने घोषणा पनि गरेको छ। सहकारी ऋण असुलीलाई न्यायिक प्रक्रिया अन्तर्गत ल्याउन “सहकारी ऋण अशुली न्यायाधिकरण” स्थापना गरिनेछ भने सहकारीसम्बन्धी तथ्यांक व्यवस्थापनका लागि विद्युतीय सूचना प्रणालीसमेत लागू गरिने जनाइएको छ।

यस नीतिले सहकारी क्षेत्रमा पारदर्शिता, विश्वसनीयता र साना बचतकर्ताको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल