४ आश्विन २०८३, आइतबार । September 20, 2026

‘झिल्को’ चलचित्र होइन चेतना हो ! हेर्न छुट्नुभयो कि ?


१९ बैशाख २०८२, शुक्रबार  

18
Shares

काठमाडौं । मोबाइलको लत, प्रविधिको अनियन्त्रित प्रयोग र त्यसले बालबालिकाको मनोविज्ञानमा पारेको असर– यी सबै विषयलाई कलात्मक ढंगले उजागर गर्ने बहुप्रतीक्षित नेपाली चलचित्र ‘झिल्को – द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

शिक्षक, अभिभावक, र नीतिनिर्माताका लागि गम्भीर सोचको विषय बन्न सक्ने आशा गरिएको ‘झिल्को’ ले बालबालिकाको मन, भावना र सामाजिक सम्बन्धका सूक्ष्म पाटा उजागर गर्न खोजेको छ। चलचित्रले दर्शकलाई केवल मनोरञ्जन होइन, जिम्मेवारी र आत्मपरिक्षणको सन्देश पनि दिन खोजेको छ। यसअघि काठमाडौंस्थित आईएनआई सिनेमा, एनबी सेन्टरमा सम्पन्न प्रीमियर समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो।

उनले ‘झिल्को’ जस्ता चलचित्रले समाजमा आवश्यक बहस सुरु गर्ने विश्वास व्यक्त गरिन्। “बालबालिकाको मनोविज्ञान बुझ्न यस्ता फिल्म अनिवार्य जस्तै छन्,” उनको भनाइ थियो। आयुषी ढकालद्वारा अभिनीत बाल पात्रको भूमिकाले प्रीमियरमै भावुक प्रतिक्रिया बटुलेको छ। साथै, सुनिल पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, जेभिन जेभिस र जान्वी बस्नेतको सशक्त अभिनयले कथालाई गहिरो बनाएको छ।

‘मिडिया फर कल्चर प्रा.लि.’ को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन्। कथा तथा पटकथा उनले अरुण देव जोशी र देव ब्रतसँग सहकार्यमा तयार पारेका हुन्। चलचित्रमा उमेश पौडेल कार्यकारी निर्माता रहेका छन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य हुन्। दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवर र उत्तम न्यौपानेको साउन्ड मिक्सिङले ‘झिल्को’लाई प्राविधिक हिसाबले पनि सशक्त बनाएको छ।

आजको पुस्ताले प्रविधिको प्रयोगसँगै त्यसको असर पनि बुझ्नुपर्ने समय यही हो – र ‘झिल्को’ त्यसको उत्तम बहस हो। चलचित्र हेरेर मात्र होइन, महसुस गरेर निस्कने अनुभव दिन ‘झिल्को’ तयार छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली