१ माघ २०८२, बुधबार । January 15, 2026

सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ। बुधबार यो दर तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ।

बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदी बिहीबार घटेर १ हजार ९१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। यो गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिए पनि बजारमा यसको दीर्घकालीन प्रभाव कस्तो पर्छ भन्ने विषयमा व्यवसायीहरू सचेत रहनुपर्ने देखिन्छ।

यस्तो गिरावटको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र मागमा आएको कमी हुन सक्ने अनुमान गरिन्छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले