२२ माघ २०८२, बुधबार । February 5, 2026

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि



काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा गिरावट आएको छ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेर २६४७ अंकमा पुग्यो। कारोबारको शुरुमा बजार २६७६ अंकमा पुगेको भएता पनि त्यसपछि निरन्तर घट्दै गयो। कारोबार रकम पनि घटेको छ, अघिल्लो दिनको १० अर्ब ८७ करोडबाट आज ८ अर्ब ९१ करोडमा झरेको छ। ७८ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ।

यसबाहेक, केही समयदेखि निराशाजनक देखिएको फाइनान्स सेक्टरमा भने हल्का सुधार देखिएको छ। फाइनान्स क्षेत्र सबैभन्दा धेरै १.४० प्रतिशत बढ्यो, भने व्यापार क्षेत्र पनि ०.४२ प्रतिशत बढेको छ। तर, अन्य सबै सेक्टर घटेका छन्। लगानी क्षेत्र सबैभन्दा धेरै २.१४ प्रतिशत घटेपछि बैंकिङ, विकास बैंक, होटल र पर्यटन, हाइड्रोपावर, बीमा र उत्पादन सेक्टरमा पनि गिरावट आयो।

दुई कम्पनी – नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। मध्यभोटेकोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तका मूल्य पनि क्रमशः बढेका छन्। तर, सप्तकोशी विकास बैंक र युनिभर्सल पावर जस्ता कम्पनीहरूको मूल्यमा ८.४५ प्रतिशत र ४.८० प्रतिशतको गिरावट आएको छ।

बजारमा धेरै रकमको कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर रहेका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल