२४ आश्विन २०८३, शनिबार । October 11, 2026

आर्दशमा ठेस लागेपछि विदेशिएको म !



जिन्दगीको यात्रा कहिले काँडा बिछ्याउँछ, कहिले फूल।

म पनि एउटा यस्तो मोडमा पुगेँ, जहाँ मैले सबै कुरा छाडेर, सबैभन्दा ठूलो सपना बोकेर, एउटा राजनीतिक पार्टीको समर्थनमा लागेँ। जुन पार्टीको समर्थन गर्थें, त्यो पार्टीले गरेका सम्पूर्ण निर्णयहरू मलाई मन पर्थ्यो। आफूले समर्थन गर्ने पार्टीका नेताले गरेका सारा कुरा सही जस्तै लाग्थ्यो। मेरो दलभन्दा फरक दलमा आस्था राख्ने मेरा साथीहरू र मेरा आफन्तहरूसँग कम बोल्न थाले, सम्बन्ध टाढिँदै गयो।

साथीभाइहरू टाढिए, आफन्तजनले बेग्लै नजरले हेर्न थाले। उनीहरूका लागि म गलत थिएँ, सायद मेरो आदर्श अनौठो लाग्यो। तर मेरो मनभित्र भने एउटा दृढ विश्वास थियो—मलाई लाग्थ्यो म सही बाटोमा थिएँ। म त्यो पार्टीको साथमा उभिएको थिएँ। तर विडम्बना, जसको भरमा मैले आफ्नो भविष्य सुम्पेको थिएँ, त्यही पार्टीका नीतिहरूले, निर्णयहरूले र व्यवहारहरूले मलाई निराश बनायो। रोजगारीको अभाव, अवसरको सङ्कुचन र असमानताको बाढीले गर्दा म पनि लाखौं युवाजस्तै आफ्नो जन्मभूमि छोड्न बाध्य भएँ।

त्यो पार्टी जसले परिवर्तनको आश्वासन दिएको थियो, त्यसैका कमजोरीका कारण मैले परदेशको बाटो रोज्नुपर्‍यो। कहिले कल्पना पनि गरेको थिइनँ कि एक दिन म आफैँले विश्वास गरेर अँगालेको सपनाले मलाई आफ्नै माटोबाट टाढा पुर्याउँछ। सपनाहरू साँचेर, आशाका पाना पल्टाएर, म एउटा राजनीतिक पार्टीको समर्थनमा समर्पित भएँ। साथीसङ्गी, आफन्तजन, सबैको नजरमा म फरक देखिन थालेँ। कसैले पागल भने, कसैले बेकारको सपना देख्ने भन्न थाले।

तर म विचलित भएनँ, किनकि मलाई विश्वास थियो—हामी बदल्न सक्छौँ, हामी नयाँ बिहान ल्याउन सक्छौँ। तर समय बित्दै जाँदा, मैले आफैँले टेकेको धरातल चिप्लिएको महसुस गर्न थालेँ। जुन पार्टीलाई म आफ्नो भविष्यको उज्यालो सम्झिएको थिएँ, त्यही अन्धकारको कारण बन्न थाल्यो। सपनाको बदलामा अवसरहरू हराए, संघर्षको बदलामा निराशा भेटियो।

परिस्थितिले यस्तो मोड आयो कि अब बाँच्नकै लागि आफ्नो जन्मभूमि छोड्नुपर्‍यो। आँखा रसाए, मन भाँचियो, तर बाध्यता अगाडि न कुनै आदर्श टिक्न सक्थ्यो, न कुनै सपनाको मूल्य रहन्छ। आज म टाढा छु—देशबाट, आफ्ना सपना र आफ्ना मान्छेहरूबाट। कहिलेकाहीँ आफूलाई सोध्छु: के त्यो समर्थन व्यर्थ थियो? के म गलत थिएँ? तर फेरि मन भन्छ—त्यो बेला म सच्चा थिएँ, म विश्वासमा थिएँ।

दोष मेरो होइन, दोष त्यो व्यवस्था र नेताहरूको हो, जसले हामीजस्ता हजारौँ यूवाहरुलाई सपना देखाएर अन्ततः परदेशतिर धकेले।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि