२४ आश्विन २०८३, शनिबार । October 10, 2026

नेपालमा सूचना प्रविधिको विकास र सम्भावना



सूचना प्रविधिको विकास तीव्र रुपमा बढ्दो क्रममा छ।

नेपालमा सन् १९७० को दशकमा डाटा संकलनको लागि गरिएको कम्प्युटरको थालनीसँगै नेपालको सूचना प्रविधिको यात्रा सुरु भएको थियो। आधुनिक समाजको डिजिटल युगमा सूचना प्रविधि मानिसको अनिवार्य आवश्यकता जस्तै बनेको छ। शिक्षा स्वास्थ्य व्यवसाय वित्तीय कारोबार, सञ्चार तथा अन्य धेरै कार्यमा सहजता थपेको छ।

पछिल्लो समय सूचना प्रविधि मानिसको दैनिकी जस्तै बनेको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा डिजिटल प्रविधिलाई अपनाउँदै नयाँ केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नु र चुनौतीहरुलाई सम्बोधन गर्नु आजको प्रमुख आवश्यक्ता हो । नेपालका धेरै विश्वविद्यालयहरुले सूचना प्रविधि सम्बन्धी कोर्सहरु प्रदान गरिरहेका छन् ।

जसले गर्दा नेपालमा उल्लेख्य मात्रामा आइटी मेनपावर उत्पादन भइरहेको छ। आउटसोर्सिङको केन्द्र पनि बनेको छ नेपाल । धेरै युवाले नेपालमै बसी अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा प्रदान गरी मनज्ञ आम्दानी पनि गरिरहेका छन्। नेपाल सूचना प्रविधिको क्षेत्रमा उच्च सम्भावना बोकेको देश हो।

यसको लागि प्रविधि सम्बन्धी शिक्षा महत्वपूर्ण हुन्छ। वर्तमान समयमा नेपालले आइटीको क्षेत्रलाई आफूलाई दक्ष जनशक्ति उत्पादन गर्ने देश साबित गरिसकेको छ। आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने अनुमान गरेको बताउनुभएको थियो ।

साथै प्रत्यक्ष ५ लाख र अप्रत्यक्ष १० लाख जनशक्तिलाई रोजगारी सिर्जना गर्ने पनि बताउनुभएको थियो। यस्ता योजनाहरुलाई सरकारले दस्ताबेजमा मात्रै नभएर व्यवहारमा पनि लागु गर्न तत्परता देखाउन आवश्यक छ । कुनै एउटा राजनीतिक दलको सभामा कुनै दलको एउटा नेताले देशलाई आईटी हबको रुपमा विकास गर्नुपर्छ भन्दैमा देशले आफैँ आईटी क्षेत्रमा फड्को मार्ने पनि होइन् ।

त्यसका लागि राज्य कति गम्भिर छ ? राज्य सञ्चालकहरुले कुन तवरबाट योजनाहरु बनाइरहेका छन् ? र त्यसको कार्यान्वयनको पाटो कस्तो छ ? यस बिषयमा पनि अब सचेत हुन् जरुरी छ ।

लेखक आइटी ईन्जिनियर तथा कम्प्युटर व्यवसायी हुन ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि