१ माघ २०८२, बुधबार । January 15, 2026

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्ग्सबीचको खेल वर्षाका कारण नतिजाविहिन भएको छ।

कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाब किङ्ग्सले चार विकेटको क्षतिमा २०१ रन बनाउँदै कोलकातालाई २०२ रनको लक्ष्य दिएको थियो। पञ्जाबका दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका थिए । जवाफमा ब्याटिङ थालेको कोलकाताले एक ओभरमा सात रन जोड्दा नै वर्षाले खेल प्रभावित बनायो।

मैदान खेल योग्य नभएपछि खेल रद्द घोषणा गरिएको हो, जसअनुसार दुबै टोलीले एक/एक अंक बाँडेका छन्। यो बराबरीपछि पञ्जाब किङ्ग्सले ९ खेलमा ११ अंक बटुलेर तालिकाको चौथो स्थानमा उक्लिएको छ। त्यस्तै ९ खेल खेलेको कोलकाता नाइट राइडर्सले ७ अंकसहित सातौं स्थानमा यथावत् रहेको छ।

आईपीएलमा आज पनि दुई रोमाञ्चक भिडन्त हुँदैछन्। पहिलो खेलमा दिउँसो पौने ४ बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स आमनेसामने हुनेछन्। त्यसपछि बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले