१ आश्विन २०८३, बिहिबार । September 18, 2026

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?


१२ बैशाख २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै सन्दर्भमा आज सरकार र शिक्षक महासंघबीच वार्ता हुन लागेको छ।

शिक्षामन्त्री रघुजी पन्तको पहलमा दिउँसो वार्ताका लागि आव्हान गरिएको थियो। उक्त आव्हानपछि महासंघका नेताहरू अहिले सिंहदरबार प्रवेशका लागि प्रक्रिया अगाडि बढाइरहेका छन्। महासंघका महासचिव तुलाबहादुर थापाले नेपाल प्रेससँग कुरा गर्दै आफूहरू हाल गेट पासका लागि कागजात तयार पारिरहेको जानकारी दिए। साथै, उनले यो पूर्ण वार्ता नभएर प्रारम्भिक छलफल मात्र भएको स्पष्ट पारे।

‘मन्त्रीज्यूले हामीलाई बोलाउनुभएको छ, अहिले हामी सिंहदरबार प्रवेश गर्दैछौं,’ महासचिव थापाले भने। यसअघि, सर्वोच्च अदालतले शिक्षकहरूको माग तीन दिनभित्र सम्बोधन गर्ने गरी वातावरण बनाउने आदेश दिइसकेको छ।

शिक्षकहरू हाल शिक्षक सेवा ऐनको मागलाई प्रमुख मुद्दा बनाएर आन्दोलनरत छन् र राजधानी केन्द्रित आन्दोलनमा निरन्तर लागिरहेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ