२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

आन्दोलनरत शिक्षकसँग संवादको ढोका खोल्दै सरकार


१२ बैशाख २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले पुनः आह्वान गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्तिमार्फत शिक्षकहरूको मागलाई सम्बोधन गर्न संवादको बाटो रोज्न आग्रह गरेको हो। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आन्दोलनरत पक्षसँग वार्ता गर्न आग्रह गर्दै समसामयिक संकट समाधान गर्न तयार रहेको संकेत दिएका छन् ।

शिक्षा सचिव दीपक काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा शिक्षकहरूको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र समस्याको समाधान संवादबाट खोज्न सकिने उल्लेख गरिएको छ। गत चैत २० गतेदेखि जारी शिक्षकहरूको आन्दोलन विद्यालय शिक्षा विधेयकसँग जोडिएको छ। उक्त विधेयक संसदमा पेस हुने, छलफल हुने र पारित हुने निश्चित प्रक्रिया अन्तर्गत अगाडि बढ्ने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्तामा सहभागी भई मिलेर समाधानको बाटो खोज्न अनुरोध गरेको छ। यसैबीच, आन्दोलन चर्कंदै जाँदा तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्। त्यसपछि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका रघुजी पन्तले वार्ता र संवादबाट शिक्षामैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारको पछिल्लो आग्रहले शिक्षक आन्दोलनको निकासको लागि नयाँ आशा पलाएको देखिन्छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१