१० जेष्ठ २०८३, आइतबार । May 25, 2026

१८ औं स्थापना दिवसमा सशस्त्र प्रहरी गण बाराको भव्य कार्यक्रम



बारा । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर, बाराले आज आफ्नो १८ औं स्थापना दिवस एक भव्य कार्यक्रमका साथ मनाएको छ।

कलैया उपमहानगरपालिका–१६, उत्तरझिटकैयास्थित गण हेडक्वाटर परिसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति कालीदास धौबजी प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । उनले स्थापना दिवसको अवसरमा परेवा तथा बेलुन उडाउनुका साथै केक काटेर शुभकामना व्यक्त गरे ।

कार्यक्रममा गण हेडक्वाटरले आफ्नो संक्षिप्त इतिहास सार्वजनिक गर्दै संस्थागत विकासको यात्रा प्रस्तुत गर्‍यो। नेपाल सरकारको २०६३ साल फागुन ९ गतेको मन्त्रीपरिषद निर्णय अनुसार सीमा सुरक्षा कार्यालय बारा स्थापना गरिएको थियो। २०७० फागुन २२ गते उत्तरझिटकैया गाविस–४ (हाल कलैया–१६) मा १४ बिघा १० कठ्ठा जग्गामा भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याइएको थियो।

२०७५ साल जेठ २७ गते गृह मन्त्रालयको निर्णयले यस कार्यालय सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बारामा स्तरोन्नती गरिएको जानकारी कार्यक्रममा दिइयो। स्थापना दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै शहीद परिवारलाई सम्मान तथा पुरस्कार र प्रशंसा–पत्र वितरण गरिएको थियो।

कार्यक्रममा जनमत पार्टीका नेता शिवनाथ पटेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र कलैया नगर प्रमुख विनोद साहले शुभकामना मन्तव्य राखेका थिए। प्रमुख अतिथि धौबजीले सीमामा भइरहेको अवैध गतिविधि नियन्त्रणमा सशक्त पहल गर्न निर्देशन दिए ।

कार्यक्रमको समापनमा गणपति खुमबहादुर के.सी.ले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली