४ असार २०८३, बिहिबार । June 18, 2026

सेयर बजारमा पहिरो झर्नेक्रम जारी ! ३२ अंकले घट्यो नेप्से


१० बैशाख २०८२, बुधबार  

30
Shares

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी रह्यो।

सेयर कारोबारको सूचक नेप्से परिसूचक ३२.३८ अंकले घट्दै २६५५.९४ विन्दुमा ओर्लिएको छ, जुन १.२० प्रतिशतको गिरावट हो। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको बजार आज पनि ओरालो लागेको हो। आजको कारोबारमा २८ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि, २१७ कम्पनीको मूल्यमा गिरावट आयो। एक कम्पनीको मूल्य स्थिर रह्यो।

बजारमा आज ६४ हजार १४० पटकको किनबेच हुँदै ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिदबिक्री भएको एन्फा स्रोतले जनाएको छ। सबै उपसमूहमा गिरावट देखिएको छ। निर्जीवन बीमा समूह १२३.३२ अंक, विकास बैंक १०५.०३ अंक, होटल तथा पर्यटन ७३.११ अंक, र जलविद्युत् ६२.२१ अंकले घटेका छन्। यद्यपि केही कम्पनीका लगानीकर्ताहरूले लाभ लिन सकेका छन्।

नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, राधी विद्युत्, बिन्द्यावासिनी हाइड्रो, र सिटिजन्स सुपर ३० म्युचुअल फन्ड का सेयर मूल्यमा सुधार देखियो। तर, अर्कोतर्फ कर्पोरेट विकास बैंक, मकर जितुमाया सुरी हाइड्रो, सानीमा माई हाइड्रो, सिन्धु विकास बैंक, र सुपर मादि हाइड्रोका लगानीकर्ताहरूको सम्पत्तिमा गिरावट आएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा