१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एसियन कप अघिको अग्निपरिक्षा ! हङकङसँग भिड्दै नेपाल


१० बैशाख २०८२, बुधबार  

15
Shares

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत उक्त खेलको जानकारी सार्वजनिक गरेको हो। एन्फाका अनुसार यो खेल फिफा विन्डो अन्तर्गत हङकङमै आयोजना हुनेछ र फिफाको अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अनुसार नै मान्यता प्राप्त म्याच हुनेछ।

हङकङ फुटबल संघको आयोजनामा हुने यो प्रतिस्पर्धाले नेपाली टोलीको तयारीलाई नयाँ मोड दिने विश्वास गरिएको छ। नेपालले जुन १० मा लाओससँग एएफसी एसियन कप छनोट अन्तर्गत खेल्ने कार्यक्रम रहेको छ। त्यसअघि हङकङसँगको यो मैत्रीपूर्ण खेलले टोलीलाई थप अनुभव र आत्मविश्वास दिने अपेक्षा गरिएको छ।

यसबाहेक, जुन महिनामै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएकाले नेपाली टोलीका लागि यो चरण निकै व्यस्त र चुनौतीपूर्ण हुने देखिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ