३ आश्विन २०८३, शनिबार । September 20, 2026

दर्ता नगरे बन्द गरिने चेतावनीपछि मेटाका प्रतिनिधि दौडिँदै काठमाडौंमा


१० बैशाख २०८२, बुधबार  

27
Shares

काठमाडौं । सामाजिक सञ्जाल नियमनको सरकारी अभियानले तीव्रता पाउँदै जाँदा, फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप सञ्चालक मेटा प्लेटफर्मले अन्ततः आफ्ना प्रतिनिधि नेपाल पठाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ३ गते (अप्रिल १५) सम्म नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र सञ्चालन नहुने चेतावनी दिएपछि मेटा सिंगापुरस्थित क्षेत्रीय कार्यालयबाट उच्च अधिकारीहरूलाई छलफलका लागि काठमाडौँ पठाएको हो।

मेटाका सार्वजनिक नीति प्रबन्धक तथा एसिया–प्रशान्त सम्पर्क अधिकृत रुजान सरवारले बिहीबार संचारमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गर्ने कार्यक्रम तय भएको छ । हालसम्म टिकटक, भाइबर र विच्याट मात्र नेपालमा औपचारिक रूपमा दर्ता भइसकेका छन्। सर्वाधिक प्रयोगमा रहेका फेसबुक र मेसेन्जर भने अझैसम्म दर्ता प्रक्रिया बाहिर छन्।

गत नोभेम्बरदेखि लागु भएको ‘सामाजिक सञ्जाल प्रयोगको नियमनसम्बन्धी निर्देशन, २०२३’ अन्तर्गत सबै कम्पनीहरूलाई नेपालमा दर्ता हुन, सम्पर्क व्यक्ति तोक्न, गुनासो समाधान अधिकारी राख्न र स्वनियमनका लागि निरीक्षण अधिकारी तोक्नुपर्ने व्यवस्था छ। सरकारले निर्देशन पालना नगर्ने प्लेटफर्मलाई देशभित्र सञ्चालन गर्न नदिने स्पष्ट सन्देश दिँदै आएको छ।

मेटाको सक्रियता यस अभियानमा टर्निङ प्वाइन्ट सावित हुन सक्छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली