२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विद्यालयको चावी बोकेर कर्मचारी पनि आन्दोलमा ! पेचिलो बन्दै शिक्षक आन्दोलन


९ बैशाख २०८२, मंगलबार  

15
Shares

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनमा कडाइ ल्याउँदै सबै कर्मचारीलाई २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौंको आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ।

परिषद्ले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा कर्मचारीहरू खटिएको जानकारी आएको उल्लेख गर्दै सबै प्रदेश तथा स्थानीय कार्यसमितिलाई तत्काल कदम चाल्न भनेको हो। विज्ञप्तिमा भनिएको छ, “नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन तथा कक्षा १२ को परीक्षामा समेत संलग्न गरिएको खबर प्राप्त भएको छ।

यस्तो परिस्थितिमा सूचना प्राप्त भएको २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौंमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशनात्मक अनुरोध गर्दछौँ।” राष्ट्रिय परीक्षा बोर्डले आज विहानै निजामती कर्मचारीमार्फत वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि आन्दोलनरत शिक्षक-कर्मचारीहरु थप आक्रोशित बनेका छन्।

परिषद्ले यस आन्दोलनमा कुनै पनि कर्मचारी छुट्न नपाउने स्पष्ट गर्दै सबैलाई ऐक्यबद्धताका साथ उपस्थित हुन आग्रह गरेको छ। आन्दोलन अझ व्यापक बन्ने संकेतसँगै शिक्षा क्षेत्रमा अवरोध थप चर्किने देखिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ