२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित


९ बैशाख २०८२, मंगलबार  

9
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न माग गरिएको पूरक निवेदन र गभर्नरको उमेरसम्बन्धी योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।

अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेका रिट तथा पूरक निवेदनको सुनुवाइका लागि आज न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा १७औँ नम्बरमा राखिएको थियो, तर समयाभावका कारण हेर्न नभ्याइनेमा परेको छ । यसअघि सोमबार उक्त निवेदन १३औँ र आइतबार ४०औँ नम्बरमा सूचीबद्ध थियो, तर दुवै दिन पनि सुनुवाइ हुन सकेको थिएन ।

गभर्नर नियुक्तिको विषयमा जारी कानुनी प्रक्रिया अब चौथो दिनमा प्रवेश गर्न लागेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१