६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

गभर्नर नियुक्ति विवादः रिटको सुनुवाइ तेस्रो दिन पनि स्थगित


९ बैशाख २०८२, मंगलबार  

9
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न माग गरिएको पूरक निवेदन र गभर्नरको उमेरसम्बन्धी योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।

अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेका रिट तथा पूरक निवेदनको सुनुवाइका लागि आज न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा १७औँ नम्बरमा राखिएको थियो, तर समयाभावका कारण हेर्न नभ्याइनेमा परेको छ । यसअघि सोमबार उक्त निवेदन १३औँ र आइतबार ४०औँ नम्बरमा सूचीबद्ध थियो, तर दुवै दिन पनि सुनुवाइ हुन सकेको थिएन ।

गभर्नर नियुक्तिको विषयमा जारी कानुनी प्रक्रिया अब चौथो दिनमा प्रवेश गर्न लागेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि