२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

कीर्तिमानी उचाइमा सुनः नेपाली बजारमा तोलाको १ लाख ९१ हजार पुग्यो


८ बैशाख २०८२, सोमबार  

93
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य हो। महासंघका अनुसार यसअघि बिहीबार सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यसयता सामान्य उतारचढाव देखिएको सुनको भाउ आइतबार भने घटेर १ लाख ८९ हजार ८०० रुपैयाँमा झरेको थियो।

तर, सोमबार पुनः उकालो लाग्दै तोलामा १ हजार २०० रुपैयाँले वृद्धि भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसैबीच, चाँदीको मूल्य भने स्थिर देखिएको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा स्थिर रह्यो।

सुनको मूल्यमा देखिएको यो लगातारको वृद्धि पछाडि अन्तर्राष्ट्रिय बजारको असर, विदेशी मुद्राको भाउमा चाप, तथा लगानीकर्ताको धारणा जस्ता कारणले असर पारेको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१