४ आश्विन २०८३, आइतबार । September 20, 2026

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति


७ बैशाख २०८२, आइतबार  

24
Shares

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई विकल्प होइन, आवश्यकता मान्न थालेको छ।

सुशासन, पारदर्शिता र नागरिक–केन्द्रित सेवाप्रणालीतर्फ अग्रसर नेपालले प्रविधिमार्फत राज्य र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य लिएको छ। यसै परिप्रेक्ष्यमा, आठ वर्षअघि स्थापना भएको ‘कस्तुरी आईटी होम प्रा.लि.’ ले बायोमेट्रिक प्रविधिको क्षेत्रमा नवीनता ल्याउने प्रयास गर्दै आएको छ।

कम्पनीले प्रविधिको केवल आयात होइन, देशलाई डिजिटल आत्मनिर्भरता तर्फ डोहोर्याउने सपना बोकेको छ।

मन्त्रसँगको सहकार्य, आत्मनिर्भर प्रविधिमा पाइला

विसं २०७३ सालमा काठमाडौंमा स्थापना भएको कस्तुरी आईटी होमले भारतको डिजिटल आधार परियोजनासँग सम्बन्धित बहुचर्चित कम्पनी मन्त्र स्मार्ट आइडेन्टिटी प्रा.लि. सँगको सहकार्यमार्फत नेपालमा बायोमेट्रिक उपकरणहरूको नयाँ युग सुरु गरेको हो। नागरिकको पहिचानलाई सुनिश्चित गर्न अहिले स्थानीय तहदेखि केन्द्रीय सेवा प्रणालीसम्म बायोमेट्रिक प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको छ।

चाहे सामाजिक सुरक्षा भत्ता वितरण होस्, नागरिकताको प्रमाणीकरण वा डिजिटल उपस्थिति प्रणाली—बायोमेट्रिक समाधान आज अपरिहार्य भइसकेको छ।

उपकरणको विविधता र उपयोगिता

कस्तुरीले उपलब्ध गराइरहेका मन्त्र ब्रान्ड का उपकरणहरूमा सिङ्गल फिङ्गर प्रिन्ट स्क्यानर, मल्टी फिङ्गर स्क्यानर, र डूअल आईरिस स्क्यानर रहेका छन्।

यी सबै उपकरणहरूले नागरिकको छरितो, सही र सुरक्षित पहिचान सुनिश्चित गर्छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई भन्छन्, “डिजिटल पहिचान केवल प्रविधि होइन, राष्ट्रको मेरुदण्ड हो। हामी यस्तो प्रविधि पु¥याउन चाहन्छौं जसले नागरिकको साख र राज्यको उत्तरदायित्व सुनिश्चित गरोस्।”

ग्रामीण क्षेत्रमा आईरिस स्क्यानरको प्रभाव

ग्रामीण क्षेत्रका लाभग्राहीका लागि, जहाँ औंलाको छाला खिइएको हुन्छ वा चिसो मौसममा छाप प्रष्ट नआउने समस्या हुन्छ, त्यहाँ आईरिस स्क्यानर निकै उपयोगी सावित भएको भट्टराई बताउँछन्। “आँखाबाट पहिचान हुन सक्ने हुँदा यो प्रणालीले नागरिकलाई कागजी प्रक्रियाबाट मुक्ति दिलाउँछ,” उनी भन्छन्।

देशव्यापी विस्तार र प्रयोगकर्तामैत्री प्रविधि

कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, सिमरा, विराटनगर, सुर्खेत, बारा, महाकाली लगायतका थुप्रै स्थानीय तहमा यी उपकरणहरू सफलतापूर्वक स्थापना गरिसकेको छ। साना, हलुका, सजिलै इन्टरनेटमार्फत सञ्चालन गर्न सकिने र प्रयोगकर्ता पुस्तिकामार्फत आफैँ कन्फिगर गर्न मिल्ने भएकाले यी उपकरणहरू सहज र मितब्ययी सावित भएका छन्।

शुसासन र पारदर्शिताको लागि प्रविधि

बायोमेट्रिक प्रविधिले लाभग्राहीको दोहोरो दर्ता रोक्नुका साथै, भ्रष्टाचार, अनियमितता र जालसाझी नियन्त्रण गर्न मद्दत पुर्याउँछ। राज्यको खर्च कटौती गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन यसको योगदान महत्वपूर्ण रहेको भट्टराईको विश्वास छ। उनको भनाइमा, “जब नागरिक केवल औंला वा आँखाको स्क्यानमार्फत विद्यालय भर्ना, अस्पताल सेवा, बैंक कारोबार वा सामाजिक सुरक्षा रकम पाउँछन्, त्यो दिन टाढा छैन।”

भविष्यको लक्ष्य– सेवा, विश्वास र आत्मनिर्भरता

कस्तुरी आईटी होमको लक्ष्य प्रविधिलाई देखावटी प्रयोगमा सीमित नराखी, सेवा–केन्द्रित, प्रयोगकर्ता–मैत्री र आत्मनिर्भर बनाउने हो। कम्पनीले आगामी दिनहरूमा पनि डिजिटल नेपाल अभियानअन्तर्गत नवीन प्रविधिहरू ल्याउँदै देशलाई डिजिटलरूपमा आत्मनिर्भर बनाउने योजना बनाएको छ।

आज जब डिजिटल पहिचान प्रणाली नेपालमा व्यावहारिकरूपमा लागू हुँदैछ, कस्तुरी आईटी होमको यो प्रयास केवल सेवा प्रवाहको मात्र नभई, नागरिक र सरकारबीचको सम्बन्धमा विश्वासको डिजिटल पुल बन्ने दिशामा उन्मुख छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली