४ असार २०८३, बिहिबार । June 18, 2026

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !


७ बैशाख २०८२, आइतबार  

336
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणअनुसार देशभरका २० वाणिज्य बैंकमध्ये करिब आधा बैंकहरूको नाफा घटेको छ। देशले सामना गरिरहेको आर्थिक सुस्तताको प्रभाव बैंकिङ क्षेत्रमा पनि देखिएको छ। व्यवसाय विस्तारमा आएको अवरोधका कारण वाणिज्य बैंकहरूको नाफा प्रभावित भएको उल्लेख गरिएको छ। यद्यपि, राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा अपनाएको लचिलो नीतिले समग्र बैंकिङ क्षेत्रको नाफामा आंशिक सुधार ल्याएको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वाणिज्य बैंकहरूले अघिल्लो वर्षको सोही अवधिको तुलनामा केवल १.४ प्रतिशत नाफा वृद्धि गर्न सकेका छन्। २० वाणिज्य बैंकले यस अवधिमा जम्मा ४१ अर्ब २४ करोड २८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा उनीहरूले ४० अर्ब ६७ करोड ८९ लाख ६२ हजार रुपैयाँ नाफा कमाएका थिए। त्यसैगरी, तीमध्ये ११ वाणिज्य बैंकले नाफा बढाएका छन् भने ९ बैंकको नाफामा गिरावट आएको छ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बैंक रहेको छ भने सर्वाधिक नाफा वृद्धि गर्ने सरकारी बैंक नेपाल बैंक रहेको छ। गत वर्षको चैत मसान्तमा नबिल बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएकोमा चालु वर्षको सोही अवधिमा ८.२ प्रतिशतले वृद्धि गरी ५ अर्ब ५ करोड रुपैयाँ पुर्‍याएको छ। नेपाल बैंकले भने उल्लेखनीय प्रगति गर्दै अघिल्लो वर्षको चैत मसान्तमा १३ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेकोमा हालको त्रैमाससम्ममा २ अर्ब ७८ करोड रुपैयाँ कमाउँदै नाफा २ सय गुणाले वृद्धि गरेको छ।

नेपाल बैंकको नाफा वृद्धिदर २०३२.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको बैंकले हाल २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। स्तै, एभरेस्ट बैंकले ३९.८७ प्रतिशतले नाफा वृद्धि गरी ३ अर्ब ४० करोड, नेपाल इन्भेस्टमेन्ट मेगाले ३८.६१ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५४ करोड, ग्लोबल आइएमईले ३७.१२ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५३ करोड र माछापुच्छ्रे बैंकले २८.८९ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएका छन्।

सानिमा बैंकको नाफा २१.३९ प्रतिशतले वृद्धि भई १ अर्ब ६९ करोड पुगेको छ भने नेपाल एसबीआईको ११.९५ प्रतिशतले वृद्धि भई १ अर्ब ३० करोड, एनएमबि बैंकको ५.८८ प्रतिशतले वृद्धि भई २ अर्ब ३७ करोड, प्रभु बैंकको ३.५१ प्रतिशतले वृद्धि भई १ अर्ब ८७ करोड र लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशतले वृद्धि भई १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

तर, नाफा घट्ने बैंकहरूको सूचीमा एनआईसी एसिया बैंक अग्रस्थानमा छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ थियो। यसैगरी, हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोड पुगेको छ भने प्राइम बैंकको २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड, सिटिजन्स बैंकको २०.६० प्रतिशतले घटेर ९६ करोड, स्ट्याण्डर्ड चार्टर्डको ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड, कृषि विकास बैंकको १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड पुगेको छ।

साथै, सिद्धार्थ बैंकको नाफा १.१९ प्रतिशतले घटेर १ अर्ब ६० करोड, कुमारी बैंकको ७२.८५ प्रतिशतले घटेर २८ करोड र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.३३ प्रतिशतले घटेर १ अर्ब २० करोड रुपैयाँमा झरेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा