२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


७ बैशाख २०८२, आइतबार  

18
Shares

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक आइतबार भने दोहोरो अंकले ओरालो लागेको छ।

मंगलबारदेखि बिहीबारसम्म चार दिन लगातार उकालो लागिरहेको नेप्से आइतबार १६.६८ अंकले घटेर २७०६.०४ अंकमा झरेको हो। बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आइतबार त्यो रकम करिब २ अर्बले घटेर ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ।

सो दिन ३२८ वटा स्टकको ७४ हजार ४५ पटक कारोबार भई जम्मा २ करोड १३ लाखभन्दा बढी कित्ता शेयर किनबेच गरिएको छ। १३ उपसमूहमध्ये २ उपसमूहको सूचक भने बढेको देखिएको छ, बाँकी ११ उपसमूहको सूचकमा गिरावट आएको छ। बजारमा ५३ कम्पनीको शेयर मूल्यमा वृद्धिदेखिएको छ भने १९२ कम्पनीको शेयर घटेका छन्।

preeएक कम्पनीको मूल्य भने स्थिर रह्यो।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट