२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

नेपाल शिक्षक महासंघको आग्रह : निजी विद्यालय पनि बन्द गरौं


७ बैशाख २०८२, आइतबार  

9
Shares

काठमाडौँ । नेपाल शिक्षक महासंघले देशभरका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गर्दै राजधानी काठमाडौंमा जारी शैक्षिक आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले शिक्षाका सवालमा निर्णायक दबाब सिर्जना गर्न सबै शिक्षक र विद्यालय कर्मचारीलाई पूर्णरूपमा आन्दोलनमा सक्रिय हुन अनुरोध गरेको हो।

विद्यालय शिक्षा ऐन तत्काल जारी गराउने लक्ष्यसहितको आन्दोलन उत्कर्षमा पुगेको जनाउँदै महासंघले यस चरणलाई अन्तिम र निर्णायक बनाउने उल्लेख गरेको छ। त्यसैले सबै शिक्षक र कर्मचारीको सहभागिता अनिवार्य रहेको महासंघको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको यो संवेदनशील समयमा विद्यालय सञ्चालन, प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ।”

त्यसैगरी आउँदै गरेको कक्षा १२ को परीक्षामा समेत संलग्न नहुन सम्पूर्ण शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीलाई विशेष आग्रह गरिएको छ।

महासंघले आन्दोलनलाई थप मजबुत बनाउन अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका प्रतिनिधिहरू र सम्पूर्ण शैक्षिक सरोकारवालाहरूसँग ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१