२ कार्तिक २०८३, सोमबार । October 19, 2026

नेपाल शिक्षक महासंघको आग्रह : निजी विद्यालय पनि बन्द गरौं


७ बैशाख २०८२, आइतबार  

9
Shares

काठमाडौँ । नेपाल शिक्षक महासंघले देशभरका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गर्दै राजधानी काठमाडौंमा जारी शैक्षिक आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले शिक्षाका सवालमा निर्णायक दबाब सिर्जना गर्न सबै शिक्षक र विद्यालय कर्मचारीलाई पूर्णरूपमा आन्दोलनमा सक्रिय हुन अनुरोध गरेको हो।

विद्यालय शिक्षा ऐन तत्काल जारी गराउने लक्ष्यसहितको आन्दोलन उत्कर्षमा पुगेको जनाउँदै महासंघले यस चरणलाई अन्तिम र निर्णायक बनाउने उल्लेख गरेको छ। त्यसैले सबै शिक्षक र कर्मचारीको सहभागिता अनिवार्य रहेको महासंघको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको यो संवेदनशील समयमा विद्यालय सञ्चालन, प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ।”

त्यसैगरी आउँदै गरेको कक्षा १२ को परीक्षामा समेत संलग्न नहुन सम्पूर्ण शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीलाई विशेष आग्रह गरिएको छ।

महासंघले आन्दोलनलाई थप मजबुत बनाउन अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका प्रतिनिधिहरू र सम्पूर्ण शैक्षिक सरोकारवालाहरूसँग ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि