१ आश्विन २०८३, बिहिबार । September 18, 2026

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा


५ बैशाख २०८२, शुक्रबार  

21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले गभर्नर नियुक्ति सुनिश्चित भएपछि शुक्रबार पदबाट राजीनामा दिएका छन्।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको बैठकमा डा.भट्टलाई राष्ट्र बैंकको १८औँ गभर्नर बनाउने सहमति भएको थियो। देउवाले सुरु देखिनै भट्टको नाममा जोड दिँदै आएका थिए भने प्रधानमन्त्री ओलीले पनि बुधबार उनलाई बोलाएर प्रत्यक्ष छलफल गरेका थिए।

अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै नियुक्तिका लागि अगाडि आएका हुन्। शुक्रबार नै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. भट्टसहित तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गर्ने तयारी गरेको छ।

सोही दिन मन्त्रिपरिषद्को बैठक बस्ने र भट्टलाई गभर्नरमा नियुक्त गर्ने योजना रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ