२८ फाल्गुन २०८२, बिहिबार । March 12, 2026

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात


५ बैशाख २०८२, शुक्रबार  

426
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन दलहरूबीच डा. गुणाकर भट्टको नाममा सहमति जुटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ भएको छलफलपछि भट्टको नाम अगाडि सारिएको हो। स्रोतहरूका अनुसार अब मन्त्रिपरिषद्को औपचारिक निर्णय मात्र बाँकी रहेको छ। यद्यपि, एमालेभित्र भने केही नेताहरूले भट्टको नाममा असहजता व्यक्त गर्दै गभर्नर पदका लागि उनी उपयुक्त नहुन सक्ने धारणा राखेका छन्।

एमालेले यसअघि राष्ट्र बैंककै डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई प्रस्ताव गरेको थियो। नीलम ढुंगानाको अनुभव र वरिष्ठता उल्लेख गर्दै प्रधानमन्त्री ओलीले महिलाको सहभागिता पनि नियुक्तिका लागि सकारात्मक हुने तर्क गरेका थिए। तर, नेपाली कांग्रेसले गभर्नर पदलाई “स्वाभाविक दाबी” को रूपमा अघि सारेको थियो।

देउवाले भट्टको दीर्घ कार्य अनुभव, प्राविधिक ज्ञान र नीति निर्माण क्षमतालाई वर्तमान आर्थिक परिदृश्यमा उपयुक्त मान्दै अडान कायम राखे। अन्ततः, गठबन्धनको सहमतिमा डा. भट्टको नाम अघि बढाइएको हो।

को हुन् डा. गुणाकर भट्ट ?

डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकका वरिष्ठ कार्यकारी निर्देशक हुन्। विगत दुई दशकभन्दा बढी समयदेखि उनी देशको आर्थिक नीति निर्माण, मौद्रिक स्थायित्व, समष्टिगत अर्थतन्त्र विश्लेषण तथा वित्तीय प्रणाली सुदृढीकरणमा निरन्तर सक्रिय रहँदै आएका छन्। पूर्व आर्थिक अनुसन्धान विभाग प्रमुखका रूपमा उनले दर्जनौं महत्त्वपूर्ण अध्ययन, नीति विश्लेषण र अनुसन्धान लेखहरू प्रकाशन गरिसकेका छन्।

राष्ट्र बैंकको आन्तरिक प्रणाली, संरचना र नियामक प्रकृयाबारे गहिरो जानकारी राख्ने भट्ट, एक अनुशासित शिक्षाविद्, नीतिकार र नेतृत्वदायी प्राविधिक व्यक्तित्वको रूपमा चिनिन्छन्। विश्लेषकहरुका अनुसार, “डा. भट्ट राजनीतिक प्रभावभन्दा टाढा रही पेशागत इमान्दारी र प्राविधिक सूझबुझमा विश्वास राख्ने व्यक्ति हुन्। यसले राष्ट्र बैंकको दीर्घकालीन सुदृढीकरणमा मद्दत पुर्‍याउनेछ।”

गभर्नर हुन आवश्यक योग्यता

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर बन्नका लागि उम्मेदवारमा निम्न योग्यताहरू हुनु अनिवार्य छ:

  • नेपाली नागरिक हुनुपर्ने
  • उच्च नैतिक चरित्र भएको हुनुपर्ने
  • आर्थिक, मौद्रिक, बैंकिङ, वित्त, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, गणित वा कानूनमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने
  • सम्बन्धित क्षेत्रमा पर्याप्त कार्य अनुभव भएको हुनुपर्ने

नेपाल राष्ट्र बैंकको गभर्नर पदमा कार्यकारी निर्देशक भएका व्यक्ति उपयुक्त नहुने भन्दै उनको योग्यताको सन्तर्भमा सत्तारुढ एमालेका केही नेताहरु प्रचारबाजी गरिरहेका छन् । जुन पूर्ण रुपमा आधारहीन छ । डा.गुणाकर भट्ट जस्तो अनुभवी, योग्य र प्राविधिक दृष्टिले सशक्त व्यक्ति राष्ट्र बैंकको नेतृत्व गर्न सक्क्षम छन् ।

डा.भट्टले ऐनले तोकेका सबै मापदण्डहरू मात्र होइन, राष्ट्र बैंकको नेतृत्वका लागि आवश्यक दीर्घकालीन दृष्टिकोण, प्राविधिक निपुणता र अनुसन्धनमूलक सोचसमेत प्रस्तुत गर्न सफल देखिन्छन्। यस आधारमा पनि भट्ट गभर्नर पदका लागि योग्य व्यक्ति हुन भन्ने विश्लेषकहरुको बुझाई छ ।

गभर्नर नियुक्ति सत्ता गठबन्धनभित्रको शक्ति सन्तुलनको एक महत्त्वपूर्ण कडी पनि बनेको छ। यस्तो संवेदनशील विषयमा प्राविधिक योग्यताको आधारमा सहमति जुट्नु सकारात्मक संकेत मानिएको छ। यदि मन्त्रिपरिषद्ले सहमति अनुसार निर्णय लिन्छ भने, डा. गुणाकर भट्टको नेतृत्वमा राष्ट्र बैंकले आगामी चुनौतीहरूलाई सजगतापूर्वक सम्बोधन गर्ने र संस्थागत सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по