४ असार २०८३, बिहिबार । June 18, 2026

१६ दिनदेखि सामुदायिक विद्यालय ठप्प, निजी विद्यालयमा भर्ना तीव्र


४ बैशाख २०८२, बिहिबार  

72
Shares

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयहरूमा विगत १६ दिनदेखि पठनपाठन ठप्प छ। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सुरु भएको आन्दोलन थप आक्रोशित बन्दै गइरहेको छ, जसको प्रत्यक्ष असर नयाँ शैक्षिक सत्रको शुरुवातमै देखिएको छ।

महासङ्घले देशभरका शिक्षक तथा कर्मचारीहरूलाई आन्दोलनमा सक्रिय रूपमा सहभागी गराउन काठमाडौंमा उपस्थित हुन आह्वान गरेको छ। आन्दोलनलाई प्रभावकारी बनाउन महासङ्घले विद्यालय सञ्चालन गर्न खोज्ने शिक्षकहरूलाई समेत निगरानीमा राखेको बताइएको छ, जसका कारण सामुदायिक विद्यालयहरू पूर्ण रूपमा बन्द छन्।

यसैबीच, निजी शैक्षिक संस्थाहरूले भने नियमित पठनपाठन सुचारु राखेका छन्। निजी विद्यालयहरू भर्ना अभियानमा समेत सक्रिय रहेका छन्, जसले सरकारी र सामुदायिक विद्यालयबीचको अन्तर अझ प्रष्ट बनाएको छ।

नयाँ शैक्षिक सत्रको शुरुवातमै यस्तो शिक्षा क्षेत्रको अवरोधले विद्यार्थी, अभिभावक र शिक्षासँग प्रत्यक्ष जोडिएका सबै पक्षमा निराशा र अन्योलता बढाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा