काठमाडौं । आइतबार ऐतिहासिक उचाइ छोएको सुनको मूल्य आज केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा रू १,८६,००० पुगेको सुनको मूल्य आज तोलामा रू १,७०० ले घटेर रू १,८४,३०० मा झरेको छ। त्यस्तै चाँदीको मूल्य पनि आज रू १५ घटेको छ र अहिले प्रतितोला रू १,९४५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिले करिब प्रतिऔंस ३,२२५ अमेरिकी डलर आसपासमा स्थिर रहेको देखिएको छ।
बजार विश्लेषकहरूका अनुसार यो गिरावट छोटो अवधिको समायोजन हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया