२ माघ २०८२, बिहिबार । January 15, 2026

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै



मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा अवैध शालिग्राम शिला बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय छुसाङले ३४ वटा सेतो बोरामा प्याक गरिएको ८९४ केजी शालिग्राम नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोम जाँदै गरेको ग ३ च ८१५२ नम्बरको बोलेरो जीपलाई शंका लागी जाँच गर्दा उक्त शालिग्राम फेला परेको हो। उक्त जीप कुनसाङ रेञ्जिङ गुरुङ नामक ४१ वर्षीय स्थानीयले चलाइरहेका थिए। उनले शालिग्रामहरू लुकाइछिपाई अवैध रूपमा ओसारपसार गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार बरामद शालिग्राम, बोलेरो जीप, चालक तथा शालिग्रामका धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोममा बुझाइएको छ। पछि अनुसन्धानको लागि उनीहरूलाई एक्यापको प्रधान कार्यालय पोखरा पठाइएको एक्याप प्रमुख राजेश गुप्ताले जानकारी दिए।

शालिग्राम हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने विष्णु भगवानको प्रतीक हो। मुस्ताङको दामोदरकुण्ड क्षेत्र हुँदै कालीगण्डकी नदीमा पाइने शालिग्रामलाई धार्मिक महत्वका कारण धेरै श्रद्धालुहरूले पुजाको रूपमा घर लैजाने गर्छन्। तर पछिल्लो समय यसलाई व्यावसायिक रूपमा ठुलो परिमाणमा ओसारपसार गर्न थालिएको भन्दै प्रशासन, प्रहरी र एक्यापले निगरानी बढाएका छन्।

फुटकर रूपमा व्यक्तिगत प्रयोजनका लागि शालिग्राम लैजान छुट दिइए पनि यस किसिमको ठुलो परिमाणको दोहन र ओसारपसारले मुस्ताङमा शालिग्राम संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। सडक सञ्जालको विस्तार र पर्यटकको चापसँगै शालिग्रामको अत्यधिक दोहन हुन थालेको स्थानीयहरू बताउँछन्।

मुक्तिनाथ, कागबेनी, जोमसोमलगायतका क्षेत्रका फुटकर व्यवसायीहरूले बिक्रीका लागि शालिग्राम राख्ने गरे पनि यस्ता व्यवसायको नियमन चुनौतीपूर्ण बन्न थालेको छ। वार्षिक पाँच लाखभन्दा बढी भक्तजन आउने मुस्ताङमा संरक्षण र धार्मिक आस्थाबीचको सन्तुलन कायम गर्नु अबको प्रमुख कार्यभार बनेको छ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले