१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो


३० चैत्र २०८१, आइतबार  

27
Shares

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सो दिन बजार परिसूचक ८.८४ अंकले घटेर २,६६१.८६ बिन्दुमा पुगेर बन्द भयो। बजार खुल्नेबित्तिकै घटबढ देखिए पनि अन्त्यसम्म आइपुग्दा बजार घट्ने ट्रेन्डमै अडियो। नेप्सेले दिएको जानकारीअनुसार आइतबार कुल ६ अर्ब २८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कुल १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको थियो। उपसमूहहरूतर्फ हेर्दा होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल फन्ड तथा ननलाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचकहरूमा गिरावट देखियो। यद्यपि बजार समग्रमा घटेपनि केही कम्पनीको सेयर मूल्यमा उल्लेखनीय उतारचढाव देखियो।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो भने विन नेपाल लघुवित्तको सेयरमा नेगेटिभ सर्किट लाग्यो। यसरी आर्थिक वर्षको अन्तिम दिन लगानीकर्ताहरू मिलाजुला परिणामसहित बजारबाट बाहिरिए।

अब नयाँ वर्षको सुरुवातसँगै बजार कुन दिशा लिन्छ भन्नेमा लगानीकर्ताको चासो बढेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर