२३ माघ २०८२, बिहिबार । February 5, 2026

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो



काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले नेपाललाई ३ रनले हराउँदै उपाधि उचालेको छ।

यससँगै, आधिकारिक प्रतियोगितामा कुवेतले पहिलो पटक नेपालमाथि फाइनल जित दर्ता गरेको हो। खेलको अन्तिम क्षणसम्म रोमाञ्चक ढंगले अघि बढेको भिडन्तमा नेपाल जितको नजिक पुगे पनि सम्हालिन नसक्दा उपाधिबाट चुक्न पुग्यो। बसिर अहमदको साहसिक इनिङ्सले नेपाललाई जितको नजिक पु¥याए पनि अन्तिम ३ बल बाँकी हुँदा ४ रन आवश्यक पर्ने अवस्थामा बसिर क्याच आउट भएपछि नेपाल १७२ रनमै अलआउट भयो।

खराब सुरुवातपछि नेपाल ९२ रनमा ८ विकेट गुमाएर संकटमा परेको थियो। तर, बसिर अहमद र नन्दन यादवले नवौं विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको सम्भावनालाई जिवित राखे। बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै उत्कृष्ट ८० रन बनाए। नन्दन यादवले ३७ रन जोडे भने आसिफ शेखले २१ रन बनाए।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतका बलरमध्ये अनुदिप चेनतामराले सर्वाधिक ३ विकेट लिए भने यसि पटेल र नभिनराज राजेन्द्रनले २/२ विकेट लिए। मोहम्मद सफिक र मोहम्मद अस्लामले पनि १/१ विकेट हात पार्न सफल भए। त्यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनायो।

टोलीका लागि रभिजा सन्दर्वानले सर्वाधिक ६३ रन बनाए भने क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३ र कप्तान मोहम्मद अस्लामले १३ रनमा अविजित रहँदै योगदान गरे। सुरुवाति १० ओभरमा कुवेतले ११० रन बनाएको थियो तर बाँकी १० ओभरमा नेपालले दबाब दिँदा ६५ रन मात्र बनाउन दियो।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए भने करण केसी र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे। यसै प्रतियोगिता अन्तर्गत भएको तेस्रो स्थानको खेलमा हङकङले कतारलाई १ रनले हराउँदै तेस्रो स्थानमा चित्त बुझायो।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ३ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल