२ माघ २०८२, बिहिबार । January 15, 2026

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो



काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले नेपाललाई ३ रनले हराउँदै उपाधि उचालेको छ।

यससँगै, आधिकारिक प्रतियोगितामा कुवेतले पहिलो पटक नेपालमाथि फाइनल जित दर्ता गरेको हो। खेलको अन्तिम क्षणसम्म रोमाञ्चक ढंगले अघि बढेको भिडन्तमा नेपाल जितको नजिक पुगे पनि सम्हालिन नसक्दा उपाधिबाट चुक्न पुग्यो। बसिर अहमदको साहसिक इनिङ्सले नेपाललाई जितको नजिक पु¥याए पनि अन्तिम ३ बल बाँकी हुँदा ४ रन आवश्यक पर्ने अवस्थामा बसिर क्याच आउट भएपछि नेपाल १७२ रनमै अलआउट भयो।

खराब सुरुवातपछि नेपाल ९२ रनमा ८ विकेट गुमाएर संकटमा परेको थियो। तर, बसिर अहमद र नन्दन यादवले नवौं विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको सम्भावनालाई जिवित राखे। बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै उत्कृष्ट ८० रन बनाए। नन्दन यादवले ३७ रन जोडे भने आसिफ शेखले २१ रन बनाए।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतका बलरमध्ये अनुदिप चेनतामराले सर्वाधिक ३ विकेट लिए भने यसि पटेल र नभिनराज राजेन्द्रनले २/२ विकेट लिए। मोहम्मद सफिक र मोहम्मद अस्लामले पनि १/१ विकेट हात पार्न सफल भए। त्यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनायो।

टोलीका लागि रभिजा सन्दर्वानले सर्वाधिक ६३ रन बनाए भने क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३ र कप्तान मोहम्मद अस्लामले १३ रनमा अविजित रहँदै योगदान गरे। सुरुवाति १० ओभरमा कुवेतले ११० रन बनाएको थियो तर बाँकी १० ओभरमा नेपालले दबाब दिँदा ६५ रन मात्र बनाउन दियो।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए भने करण केसी र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे। यसै प्रतियोगिता अन्तर्गत भएको तेस्रो स्थानको खेलमा हङकङले कतारलाई १ रनले हराउँदै तेस्रो स्थानमा चित्त बुझायो।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ३ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले