२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड


२८ चैत्र २०८१, शुक्रबार  

1.1k
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार ९०० रुपैयाँले वृद्धि हुँदै सुनले नयाँ रेकर्ड कायम गरेको छ। यो वृद्धिसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन यसको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिन तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ९०५ रुपैयाँमा पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा समेत देखिएको हो।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ