२ माघ २०८२, बिहिबार । January 16, 2026

‘पिताम्बर’ र ‘कर्मा’, एक्सन प्रेमीका लागि दुई नयाँ नेपाली फिल्म रिलिज



काठमाडौं | दुई बहुप्रतीक्षित नेपाली एक्सन फिल्महरू ‘पिताम्बर’ र ‘कर्मा’ आज(शुक्रबार) बाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन्। दुवै फिल्मलाई दर्शकमाझ चर्चा कमाउन सफल भएकाले शुक्रबारको यो प्रतिस्पर्धालाई नेपाली फिल्म उद्योगले चासोका साथ हेरिरहेको छ।

‘पिताम्बर’ले अन्य फिल्मको तुलनामा व्यापक शो पाएको छ। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्लजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको यस फिल्मले देशभर १७० शो पाएको छ। कृषा चौलागाईंको निर्देशनमा बनेको यो फिल्म महिला निर्देशकद्वारा निर्माण गरिएको पहिलो नेपाली एक्सन फिल्मको रूपमा पनि परिचित भएको छ।

फिल्मको प्रि-बुकिङ उत्साहजनक देखिएको छ, जसले प्रारम्भिक कारोबारमा राम्रो संकेत दिएको छ। त्यस्तै, अर्को एक्सन फिल्म ‘कर्मा’ मा विपिन कार्कीको मुख्य भूमिका रहेको छ। यो फिल्मले १२४ शो पाएको छ र अभिनय तथा कथा–वस्तुमा फरकपन प्रस्तुत गर्ने अपेक्षामा छ।

‘पिताम्बर’ र ‘कर्मा’ दुवै फिल्मले नेपाली दर्शकलाई फरक शैलीको एक्सन र कथा दिन खोजेका छन्। स्टार कास्ट, एक्सन र निर्देशनका दृष्टिले यी दुई फिल्मबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले