२ माघ २०८२, बिहिबार । January 16, 2026

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक



काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको छ।

नेप्से परिसूचक ९.६६ अंकले बढ्दै २६७६.०७ विन्दुमा पुगेको छ। दिनको उच्च बिन्दु २७०१ मा पुगे पनि अन्त्यसम्म टिक्न सकेन। कारोबार रकम अघिल्लो दिनको ५.३० अर्बबाट घट्दै ४.४४ अर्ब रुपैयाँमा झरेको छ। १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो, एकको स्थिर रह्यो। होटल तथा पर्यटन क्षेत्र २.४४ प्रतिशतले बढ्दै अगाडि रह्यो।

अन्य उकालो लाग्ने क्षेत्रमा उत्पादन, लगानी र निर्जीवन बीमा रहेका छन्। बैंकिङ र व्यापार सूचक भने क्रमशः ०.०३ प्रतिशत र ०.४० प्रतिशतले घटे। नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्दै सर्किट ब्रेकर छोयो। विन नेपाल लघुवित्त, बोटलर्स नेपाल, सोल्टी होटल लगायतका कम्पनीमा उल्लेखनीय वृद्धि देखियो।

सबैभन्दा बढी गिरावट सिन्धु विकास बैंकमा −७.४ प्रतिशत देखिएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले