२७ भदौ २०८३, शनिबार । September 12, 2026

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक


२६ चैत्र २०८१, बुधबार  

51
Shares

काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको छ।

नेप्से परिसूचक ९.६६ अंकले बढ्दै २६७६.०७ विन्दुमा पुगेको छ। दिनको उच्च बिन्दु २७०१ मा पुगे पनि अन्त्यसम्म टिक्न सकेन। कारोबार रकम अघिल्लो दिनको ५.३० अर्बबाट घट्दै ४.४४ अर्ब रुपैयाँमा झरेको छ। १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो, एकको स्थिर रह्यो। होटल तथा पर्यटन क्षेत्र २.४४ प्रतिशतले बढ्दै अगाडि रह्यो।

अन्य उकालो लाग्ने क्षेत्रमा उत्पादन, लगानी र निर्जीवन बीमा रहेका छन्। बैंकिङ र व्यापार सूचक भने क्रमशः ०.०३ प्रतिशत र ०.४० प्रतिशतले घटे। नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्दै सर्किट ब्रेकर छोयो। विन नेपाल लघुवित्त, बोटलर्स नेपाल, सोल्टी होटल लगायतका कम्पनीमा उल्लेखनीय वृद्धि देखियो।

सबैभन्दा बढी गिरावट सिन्धु विकास बैंकमा −७.४ प्रतिशत देखिएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated