१५ बैशाख २०८२, सोमबार । April 28, 2025

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति



काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा नयाँ ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ ल्याएको छ।

यो नुडल्स ५० रुपैयाँको सस्तो मूल्यमा उपलब्ध छ र विशेष गरी पिरो स्वादको शौक राख्ने उपभोक्ताहरुलाई लक्षित गरिएको हो। वाइ वाइले चार दशकीय अनुभवसहित नेपाल र विश्वभर आफ्नो उपस्थिती बलियो बनाएको छ। कम्पनीले उपभोक्ताको बदलिंदो स्वाद र रुचिलाई ध्यानमा राख्दै नयाँ नयाँ स्वाद ल्याउने काम गरेको छ। यस नयाँ हट एण्ड स्पाइसी नुडल्सले पिरो स्वादको प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार, यो नयाँ नुडल्सले उपभोक्तालाई सन्तुलित र रोमाञ्चक पिरो स्वादको अनुभव दिनेछ। साथै, वाइ वाइले ‘स्पाइसवर्स टिकटक चुनौती’ पनि सुरु गरेको छ, जसमा भाग लिएका सबैभन्दा लोकप्रिय भिडियो प्रस्तुतिलाई १०,००० रुपैयाँको पुरस्कार दिइनेछ। वाइ वाइका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले भने, “यो नुडल्स युवापुस्ताको रुचिलाई मध्यनजर गर्दै डिजाइन गरिएको छ।”

सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार, यो नुडल्सले वाइ वाइलाई अझ लोकप्रिय बनाउनेछ र उपभोक्तालाई नयाँ स्वादको मजा दिन्नेछ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ११ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको