१ जेष्ठ २०८२, बुधबार । May 15, 2025

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने अघिल्लो दिनकै अवस्थामा स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ७३ हजार ४०० रुपैयाँमा झरेको छ। यसले सुनको मूल्यमा ४०० रुपैयाँको गिरावट आएको देखिन्छ। यता, चाँदीको मूल्य भने यथावत् रहेको छ।

सोमबार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा स्थिर रहेको महासंघले जानकारी दिएको छ। सुनको मूल्यमा देखिएको यो सामान्य घटावटले बजारमा सानो तहको चहलपहल ल्याउने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ११ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा