३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई



काठमाडौं । ‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाएकी छन् ।

आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले उक्त पुरस्कार मोक्तानलाई प्रदान गरेका हुन् । मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।

उनले नारायणगोपालसँग बिताएका विभिन्न रमाइला पलहरूको बारेमा पुराना यादहरू विभिन्न सांगीतिक यात्रामा बिताएका रमाइला रमाइला किस्साहरु सुनाई दर्शकहरुलाई हँसाएका थिए । उनले नारायणगोपालसँग बिताएका तीता मिठा अनुभवहरू पनि बताए ।

त्यसैगरी कार्यक्रमको बारेमा राष्ट्रिय युवा कोषको बारेमा र यसले गरेका काम कर्तव्यहरूको जानकारी र कार्यक्रमको बारेमा जानकारी सदस्य सचिव डाक्टर विष्णुबहादुर भण्डारी बताएका थिए । कार्यक्रमको समापन अध्यक्ष शंकरबहादुर पाण्डेज्यूले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा नारायण गोपालका गीतहरू रिवाज सिंह, काजल, शाहील एड्रीयन, भीम लिम्बु र मिलन परियारले गाएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्पतालमै बमको बर्षाः गाजामा एकै रात १ सय १४ मारिए

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गएरातिदेखि तीव्र हवाई आक्रमण सुरु

चितवनको रत्ननगरमा यात्रुबाहक बस दुर्घटनाः १५ जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक

कुलेखानी-कलङ्की-हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं । हेटौँडा आवतजावतमा प्रयोग हुने कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड आज

नेपालको सुपर थ्री यात्रा आजको खेलमा निर्भर, हङकङ र बहराइन भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको

आजको मौसमः देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको