२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

साता सुरूमै सेयर बजारमा ३२ अंकको गिरावट, ५ अर्बको कारोबार


२४ चैत्र २०८१, सोमबार  

15
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) मा भारी गिरावट आएको छ ।

आज नेप्से ३२ दशमलव ३५ अंकले घट्दै २६७० दशमलव ९४ मा पुगेको छ । बजार खुलेको केही समय सामान्य वृद्धि देखिए पनि अन्त्यसम्म आइपुग्दा तीव्र गिरावट आएको हो। सोमबार २२१ वटा कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो। यद्यपि बजार समग्रमा ओरालो लागे पनि २३ कम्पनीका लगानीकर्ताले भने मुनाफा कमाए।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँले उकालो लागेर सबैभन्दा धेरै वृद्धि भएको हो। यो दिन कुल ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ