१६ बैशाख २०८२, मंगलबार । April 29, 2025

‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१’ सानेपामा सुरु, नेपाली कफी प्रवर्द्धनमा जोड



काठमाडौं । नेपाली कफीको गुणस्तर सुधार, उत्पादन वृद्धि र बजार विस्तारमा योगदान पु¥याउने लक्ष्यसहित नेपाल कफी व्यवसायी महासंघले ‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१’ को आयोजना गरेको छ ।

चैत २१ गतेदेखि ललितपुरको सानेपामा सुरु भएको यो तीनदिने फेस्टिभल चैत २३ गते शनिबारसम्म चल्नेछ । मेला उत्पादकदेखि उपभोक्तासम्मलाई जोड्ने उद्देश्यले आयोजना गरिएको हो । महासंघका अध्यक्ष ओमनाथ अधिकारीका अनुसार, मेलाले कफी क्षेत्रका सरोकारवाला सबैलाई एकसाथ ल्याउने, सम्भावना पहिचान गर्ने, र अनुभव आदानप्रदानको प्ल्याटफर्मको रूपमा काम गर्नेछ ।

उनले भने, “फेस्टिभलको मूल लक्ष्य नेपाली कफीको आन्तरिक र बाह्य बजार विस्तार गर्नु, कफीमा आधारित उद्यमशिलता प्रवद्र्धन गर्नु, र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्नु हो।” यो मेला व्यापार, ज्ञान र समन्वयको त्रिवेणी बन्ने साथै नेपालको कफी उद्योगलाई नयाँ दिशा दिन कोशेढुंगाको रुपमा स्थापित हुने विश्वास समेत गरिएको छ ।

फेस्टिभलमा कफी प्रदर्शनी, स्वाद परीक्षण, राष्ट्रिय प्रतियोगिता, र विभिन्न कफी ब्रान्ड तथा उद्यमीहरूद्वारा उत्पादन गरिएको कफी र सेवाको प्रदर्शन गरिएको छ । कफीको गुणस्तर सुधार, उत्पादनमा नवप्रविधिको प्रयोग र युवाहरूको आकर्षण बढाउन यस्तो मेला अपरिहार्य रहेको रोयल हिमालय कफीका सञ्चालक मदन सापकोटाको भनाई छ ।

सापकोटाका अनुसार कफी उद्योगमा युवाको संलग्नता वृद्धि गर्दै मेलाले भविष्यमा रोजगारी सिर्जनामा समेत टेवा पु¥याउने छ ।आयोजकका अनुसारः फेस्टिभलले किसान, व्यापारी र उपभोक्ताबीचको दूरी हटाएर सञ्जाल विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

साथै नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन र आर्थिक समृद्धिमा योगदान दिन पनि यस्तै प्रकारका मेलाहरु आवश्यक रहेको देखिन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा