२९ फाल्गुन २०८२, शुक्रबार । March 14, 2026

कियाको “एक्सचेन्ज कार्निभल” गैरीधारामा सुरु : ६ लाखसम्म छुट र विशेष अफर


२१ चैत्र २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले शुक्रबारदेखि काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा ‘किया एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।

तीन दिनसम्म चल्ने यो कार्निभल आइतबारसम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार कार्निभलले सवारीसाधनका पारखीलाई कुनै पनि ब्रान्डका पुराना गाडी उत्कृष्ट मूल्यमा बिक्री गरी किया ब्रान्डका आधुनिक इलेक्ट्रिक वा आन्तरिक दहन इञ्जिन (ICE) सवारीसाधनमा सजिलै अपग्रेड हुने अवसर प्रदान गर्नेछ।

कार्यक्रममा सहभागी भएर किया गाडीको टेस्ट ड्राइभ गर्ने उपभोक्तालाई विशेष उपहारको व्यवस्था गरिएको छ। साथै, एक्सचेन्ज बोनस स्वरूप ६ लाख रुपैयाँसम्मको लाभ र नगद खरिदमा पनि ६ लाख रुपैयाँसम्म छुटको प्रस्ताव उपलब्ध छ। गाडी खरिदकर्ताका लागि सहजरूपमा वित्तीय संस्थामार्फत फाइनान्स सुविधा प्रदान गरिनेछ भने एक वर्षको सडक कर तथा बीमा कम्पनीले नै बेहोर्ने योजना ल्याइएको छ।

किया कार्निभलमा पुराना गाडीको उच्च मूल्यांकनका साथै विशेष एक्सचेन्ज बोनस समेत उपलब्ध गराइनेछ, जसले उपभोक्तालाई थप सुविधा दिने कम्पनीको दाबी छ। कार्यक्रममा कियाका चर्चित मोडलहरू-सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), साथै इभी६ र इभी९ विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको छ।

करीब ३० वर्षदेखि नेपाली सडकमैत्री बनेका कियाका गाडीहरूले ग्लोबल बजारमै आफूलाई प्रमाणित गरिसकेका छन्। कियाको यो एक्सचेन्ज कार्निभल उपभोक्ताका लागि सस्तो मूल्यमा उत्कृष्ट गाडी किन्न र पुराना गाडी सजिलै एक्सचेन्ज गर्न उपयुक्त अवसर बन्ने देखिन्छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по