३० चैत्र २०८१, आइतबार । April 13, 2025

त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालनमा, भौतिक विस्तारमा तीव्रता



काठमाडौं । पाँच महिनासम्म दैनिक १० घण्टा बन्द राखी भौतिक संरचना विस्तार गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म सञ्चालनमा आएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वे निर्माण सम्पन्न भइसकेको छ, जबकि समानान्तर ट्याक्सी वे निर्माणको काम अझै जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत, विमानस्थलको दक्षिण–पश्चिम क्षेत्रमा समानान्तर ट्याक्सी वे, उत्तरतर्फ अन्तर्राष्ट्रिय एप्रोन, र पूर्वतर्फ ह्याङ्गर एप्रोनको विस्तार कार्य भइरहेको छ।

आयोजनाका अनुसार करीब १५ अर्ब लागतको यो परियोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार रातिमा गर्नुपर्ने अधिकांश भौतिक संरचनाको काम सकिएको भए पनि सम्पूर्ण विस्तार कार्य पूरा गर्न अझै डेढ वर्ष लाग्ने अनुमान छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा

काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ