२३ माघ २०८२, बिहिबार । February 5, 2026

त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालनमा, भौतिक विस्तारमा तीव्रता



काठमाडौं । पाँच महिनासम्म दैनिक १० घण्टा बन्द राखी भौतिक संरचना विस्तार गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म सञ्चालनमा आएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वे निर्माण सम्पन्न भइसकेको छ, जबकि समानान्तर ट्याक्सी वे निर्माणको काम अझै जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत, विमानस्थलको दक्षिण–पश्चिम क्षेत्रमा समानान्तर ट्याक्सी वे, उत्तरतर्फ अन्तर्राष्ट्रिय एप्रोन, र पूर्वतर्फ ह्याङ्गर एप्रोनको विस्तार कार्य भइरहेको छ।

आयोजनाका अनुसार करीब १५ अर्ब लागतको यो परियोजनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार रातिमा गर्नुपर्ने अधिकांश भौतिक संरचनाको काम सकिएको भए पनि सम्पूर्ण विस्तार कार्य पूरा गर्न अझै डेढ वर्ष लाग्ने अनुमान छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल