१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

सेयर बजारमा गिरावटः नेप्से १६.९५ अंकले ओरालो, कारोबार रकम ५.७९ अर्ब


१८ चैत्र २०८१, मंगलबार  

24
Shares

काठमाडौं । आजको सेयर बजारमा नेप्से परिसूचक १६.९५ अंकले घट्दै २,६७६.१७ विन्दुमा झरेको छ।

यससँगै बजार शून्य दशमलव ६२ प्रतिशतले ओरालो लागेको हो। कुल ४२ कम्पनीको सेयर मूल्य वृद्धि भएपनि २०१ कम्पनीको सेयर मूल्य घट्यो । कारोबारको हिसाबले ५६,५४८ पटकको कारोबारबाट ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर कारोबार भए।

व्यापार उपसमूह बाहेक सबै उपसमूह ओरालो लागेका छन्। सेयर मूल्य घट्ने प्रमुख कम्पनीहरूः गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, विशाल बजार कम्पनी, राधी विद्युत्, सयपत्री हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक। लगानी गुमाउने अन्य कम्पनीहरूः गुराँस लघुवित्त, उपकार लघुवित्त, छ्याङदी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत्, आरबीबी म्युचुअल फन्ड २ रहेका छन् ।

आजको गिरावटले सेयर बजारमा पुनः मन्दीको संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था