३० चैत्र २०८१, आइतबार । April 13, 2025

सेयर बजारमा गिरावटः नेप्से १६.९५ अंकले ओरालो, कारोबार रकम ५.७९ अर्ब



काठमाडौं । आजको सेयर बजारमा नेप्से परिसूचक १६.९५ अंकले घट्दै २,६७६.१७ विन्दुमा झरेको छ।

यससँगै बजार शून्य दशमलव ६२ प्रतिशतले ओरालो लागेको हो। कुल ४२ कम्पनीको सेयर मूल्य वृद्धि भएपनि २०१ कम्पनीको सेयर मूल्य घट्यो । कारोबारको हिसाबले ५६,५४८ पटकको कारोबारबाट ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर कारोबार भए।

व्यापार उपसमूह बाहेक सबै उपसमूह ओरालो लागेका छन्। सेयर मूल्य घट्ने प्रमुख कम्पनीहरूः गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, विशाल बजार कम्पनी, राधी विद्युत्, सयपत्री हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक। लगानी गुमाउने अन्य कम्पनीहरूः गुराँस लघुवित्त, उपकार लघुवित्त, छ्याङदी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत्, आरबीबी म्युचुअल फन्ड २ रहेका छन् ।

आजको गिरावटले सेयर बजारमा पुनः मन्दीको संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी