१ कार्तिक २०८३, आइतबार । October 19, 2026

वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन पुनः भारतीय कम्पनीलाई जिम्मा


१८ चैत्र २०८१, मंगलबार  

18
Shares

पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह इन्ल्यान्ड क्लियरेन्स डिपो को सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पुनः भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि लाई दिइएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, आगामी पाँच वर्षका लागि चार अर्ब ७१ करोड रुपैयाँको ठेक्का सम्झौतासहित प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएको हो। समितिले सञ्चालन व्यवस्थापनका लागि आह्वान गरेको बोलपत्र प्रक्रियामा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि प्रतिस्पर्धामा रहेका थिए।

कन्टेनर कर्पोरेसन अफ इन्डियाले चार अर्ब ५१ करोड रुपैयाँको प्रस्ताव गरे पनि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले उच्च बोलकबोल गरेकाले छनोट भएको हो। यसअघि पनि यही कम्पनीले तीन अर्ब ३३ करोड रुपैयाँमा पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा पाएको थियो। वीरगञ्जको सिर्सियास्थित यो सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ।

सन् २००० मा विश्व बैंकको ८२ करोड रुपैयाँ सहयोगमा निर्माण सम्पन्न भएको बन्दरगाहमा कार्गो रेलमार्फत मात्रै मालसामान ढुवानी गरिन्छ। भारत सरकारले २० करोड रुपैयाँको लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको थियो।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने गत आवमा ४७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि