२ कार्तिक २०८३, सोमबार । October 19, 2026

सुनको मूल्य नयाँ उचाईमा, चाँदी स्थिर


१८ चैत्र २०८१, मंगलबार  

126
Shares

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ प्रति तोला १ हजार ८०० रुपैयाँले वृद्धि भएर १ लाख ७९ हजार ७०० रुपैयाँमा कायम भएको छ।

यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ प्रतितोला थियो। यसैबीच, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा कुनै परिवर्तन नभएको व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमै स्थिर रहेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि