२ माघ २०८२, बिहिबार । January 15, 2026

हिमालय एयरलाइन्सद्वारा पोखरा–ल्हासा नियमित अन्तर्राष्ट्रिय उडान सुरू



काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ।

सोमबारदेखि पोखरा–ल्हासा मार्गमा उडान सञ्चालन गर्दै हिमालय एयरलाइन्स पोखराबाट अन्तर्राष्ट्रिय नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी बनेको छ। पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, ल्हासाबाट १०७ जना यात्रु बोकेर आएको विमान दिउँसो १ः४५ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो।

हिमालय एयरलाइन्सको जहाज हरेक सोमबार ल्हासाबाट पोखरा आउनेछ र मंगलबार पोखराबाट ल्हासाका लागि उड्नेछ। भोलि बिहान ८ः२० बजे ल्हासाका लागि उडान हुनेछ।

हाल चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले पनि सातामा एउटा चार्टर्ड उडान गरिरहेको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ६ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले