२ माघ २०८२, बिहिबार । January 15, 2026

नेपाली सस्पेन्स थ्रिलर ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र डरको मिश्रण



काठमाडौं । नेपाली सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ।

ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटा को अभिनय देख्न सकिन्छ। ट्रेलरले काठमाडौंको इतिहास, अन्धविश्वास, रोगको प्रकोप, र कालो जादुको कथालाई चित्रण गरेको छ। विद्यार्थीहरूबीचको मित्रता, असमझदारी, रहस्य, र भय ट्रेलरभरि झल्किएको छ।

सुरक्षा पन्तको रहस्यमय व्यवहार, हेना नगरकोटीको खोजी प्रक्रिया, र मोनिका थापा तथा समापिका गौतमको फरक गतिविधिले चलचित्रलाई झनै रोमाञ्चक बनाएको छ। ट्रेलरका संवादहरू जस्तै “एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, घातक खेल, मित्रताको परीक्षा” जस्ता वाक्यहरूले चलचित्रको रहस्य र डरलाग्दो वातावरणलाई झल्काउँछन्।

चलचित्र वैशाख १२ गते प्रदर्शन हुने तयारीमा छ। अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा बनेको चलचित्रलाई सिरुपाते कट्स प्रालिले निर्माण गरेको हो। कथा आशिषराज महर्जन ले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधान ले तयार पारेका छन्। चलचित्रको छायांकन रोशन राई र सञ्जय लामा, सम्पादन आशिषराज महर्जन, ध्वनि डिजाइन विकल प्रधान, रङ संयोजन राजेन्द्र मोक्तान, तथा कस्ट्युम डिजाइन एलेक्स बसुकला ले गरेका छन्।

चलचित्रको वितरण डिसिएन ले गर्नेछ भने प्रचारप्रसार ट्राइडेन्ट कन्सेप्ट ले सम्हालेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले