८ श्रावण २०८३, शुक्रबार । July 24, 2026

एनएसएल फुटबलः झापा एफसी र बुटवल लुम्बिनी गोलरहित बराबरीमा


१६ चैत्र २०८१, आइतबार  

30
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आइतबारको खेलमा झापा एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित बराबरी खेलेका छन्।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि फिनिसिङमा चुक्न पुगे। पहिलो हाफमा झापाले आधा दर्जन अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो। बुटवलका गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनले झापालाई अग्रता लिन दिएन। दोस्रो हाफमा खेलमा नाटकीय मोड आयो, जब बुटवलका कप्तान एरिक विष्टले ७०औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिनुपर्‍यो।

उनले झापाका इसाएभलाई फल गरेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए। एक खेलाडीले कमी भएसँगै बुटवल लुम्बिनी एफसीले अन्तिम २० मिनेट रक्षात्मक खेल प्रस्तुत गर्‍यो।

नेपाल सुपर लिग अन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्स एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर