२८ मंसिर २०८२, शनिबार । December 13, 2025

एनएसएल फुटबलः झापा एफसी र बुटवल लुम्बिनी गोलरहित बराबरीमा



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आइतबारको खेलमा झापा एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित बराबरी खेलेका छन्।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि फिनिसिङमा चुक्न पुगे। पहिलो हाफमा झापाले आधा दर्जन अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो। बुटवलका गोलकिपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनले झापालाई अग्रता लिन दिएन। दोस्रो हाफमा खेलमा नाटकीय मोड आयो, जब बुटवलका कप्तान एरिक विष्टले ७०औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिनुपर्‍यो।

उनले झापाका इसाएभलाई फल गरेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए। एक खेलाडीले कमी भएसँगै बुटवल लुम्बिनी एफसीले अन्तिम २० मिनेट रक्षात्मक खेल प्रस्तुत गर्‍यो।

नेपाल सुपर लिग अन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्स एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले