काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ६०० रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको हो। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७६ हजार २०० रुपैयाँ थियो।
सुनको मूल्य बढ्दा, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया